Kathmandu Press

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

संविधानको धारा १६८ को (२) उपधारा बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गरिएका हो।
सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं, साउन १८ : सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन्।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

Hardik ivf

संविधानको धारा १६८ को (२) उपधारा बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गरिएका हो।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारीले शुक्रबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका थिए। त्यसलगत्तै सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर राजीनामा पत्र बुझाएका थिए।

कांग्रेस र एमालेबीच भएको सहमती अनुसार अब सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले गर्ने छ। सोही अनुरुप आइतबार बेलुकासम्म कांग्रेस प्रदेश संसदीय दलले मुख्यमन्त्रीको टुंगो लगाएर दाबी पेश गर्ने छ।

प्रकाशित मिति: १९:४४ बजे, शुक्रबार, साउन १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्