Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

शुक्रबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनाको घोषणा गरेका थिए। राजीनामा घोषणापछि उनले प्रदेश प्रमुख समक्ष राजीनामा पत्र बुझाएका छन्।
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

काठमाडौं, साउन १८ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएका छन्।

शुक्रबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनाको घोषणा गरेका थिए।

Hardik ivf

राजीनामा घोषणापछि उनले प्रदेश प्रमुख नजीर मियाँ समक्ष राजीनामा पत्र बुझाएका छन्।

राजीनामा पत्रमा राष्ट्रिय राजनीतिमा आएको फेरबदलका कारण प्रदेशमा समेत केही राजनीतिक दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको कारण मुख्यमन्त्री पदबाट राजीनामा पेस गरिएको उल्लेख छ।

प्रकाशित मिति: १८:३३ बजे, शुक्रबार, साउन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्