सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले दिए राजीनामा
मुख्यमन्त्री सोडारीले शुक्रबार ४ बजे प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ। त्यसको अघिल्लो दिन चौधरीले राजीनामा बुझाएका छन्।कैलाली, साउन १७ : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कैलाश चौधरीले विहीबार राजीनामा दिएका छन्।
मुख्यमन्त्री दीर्घबहादुर सोडारी समक्ष चौधरीले राजीनामा बुझाएका हुन्।
मुख्यमन्त्री सोडारीले शुक्रबार ४ बजे प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ।
त्यसको अघिल्लो दिन चौधरीले राजीनामा बुझाएका छन्। राजिनामापछि चौधरीले सरकार जोगिने अवस्था नभएपछि नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन्।
गत वैशाख ६ गते चौधरी भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए। एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन्।
प्रकाशित मिति: २०:२१ बजे, बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काभ्रेमा अझै संकलन हुन सकेन बाढीपहिरोको क्षतिको पूर्ण विवरणमंगलबार, कात्तिक १३, २०८१
द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छः मुख्यमन्त्री आचार्यसोमबार, कात्तिक १२, २०८१
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्योआइतबार, कात्तिक ११, २०८१
काभ्रेमा जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउआइतबार, कात्तिक ११, २०८१