Kathmandu Press

हमासका सैन्य प्रमुख देइफ कारबाहीमा मारिएको इजरायली सेनाको दाबी

सन् २०१४ अगस्टमा गाजामा इजरायलले गरेको आक्रमणमा उनकी श्रीमती र ७ महिने छोरासमेत मारिएका थिए।
हमासका सैन्य प्रमुख देइफ कारबाहीमा मारिएको इजरायली सेनाको दाबी

काठमाडौं, साउन १७ : इजरायली सेनाले हमासका सैन्य प्रमुख मोहम्मद देइफ सैन्य कारबाहीमा मारिएको दाबी गरेको छ।

गत १३ जुलाईमा गाजामा गरेको आक्रमणमा हमासका सैन्य प्रमुख देइफ मारिएको दाबी इजरायली सेनाको छ। इजरायली डिफेन्स फोर्सले सामाजिक सञ्जाल एक्समार्फत देइफ इजरायली सेनाको कारबाहीमा मारिएको बताएको हो।

Hardik ivf

सन् २०१४ अगस्टमा गाजामा इजरायलले गरेको आक्रमणमा उनकी श्रीमती र ७ महिने छोरासमेत मारिएका थिए।

बुधबार मात्र हमासको राजनीतिक ब्युरो प्रमुख इस्माइल हानिया इरानको तेहरानमा इजरायली आक्रमणमा मारिएका थिए। हमासका शीर्ष नेताहरूले मोहम्मद देइफ सुरक्षित रहेको दाबी गर्दै आएका थिए।

मारिएको दाबी गरिएका देइफ हमासद्वारा सञ्चालित कासिम ब्रिगेडका संस्थापकसमेत रहेको जनाइएको छ । देइफ सन् १९८७ देखि हमासमा आबद्ध भएको जनाइएको छ।

सन् १८८९ मा उनलाई इजरायलले पक्राउ गरी १६ महिनामा हिरासतमा राखेको थियो। सन् २००२ मा इजरायली कारबाहीमा सलाह शेहादेह मारिएपछि देइफ कासिम ब्रिगेडको प्रमुख बनेका थिए।

प्रकाशित मिति: १६:१६ बजे, बिहीबार, साउन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्