Kathmandu Press

काठमाडौंका नदी तटीय क्षेत्र खाली गराउने मेयर बालेन शाहको चेतावनी

काठमाडौं महानगरका मेयर बालेन शाहले तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवनलगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति नमिल्ने बताएका हुन् । 
काठमाडौंका नदी तटीय क्षेत्र खाली गराउने मेयर बालेन शाहको चेतावनी

काठमाडौं, असार १७ : काठमाडौं महानगरपालिकाभित्रका नदी तटीय क्षेत्रको थप २० मिटरमा भौतिक संरचना बनाउन नपाइने भएको छ । 

काठमाडौं महानगरका मेयर बालेन शाहले तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवनलगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति नमिल्ने बताएका हुन् । 

Hardik ivf

उनले नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोबार गर्दा वा घरजग्गा  धितो राख्दा यस मापदण्डलाई पालना गरिदिन सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् । मेयर शाहले तटीय क्षेत्रलाई खाली राख्ने अभियानलाई थप प्रभावकारी बनाइने बताएका हुन् ।

काठमाण्डौ उपत्यकाभित्र बग्ने बाग्मती, विष्णुमती, मनोहरा नदी किनाराको कम्तीमा २० मिटर भित्रको जग्गालाई र अन्य खोला किनाराको कम्तीमा ४ देखि १२ मिटर भित्रको जग्गालाई  सरकारले निर्माण निषेधित क्षेत्र घोषणा गरेको भन्दै उनले यो क्षेत्र खाली गराएरै छाड्ने बताएका छन् । 

उनले सर्वोच्च अदालतले पनि थप २० मिटर जग्गालाई निर्माण निषेधित क्षेत्र घोषणा गरेको भन्दै तत्कालदेखि कार्यान्वयन गर्नुको विकल्प नरहेको उल्लेख गरेका छन् ।  लगातारको वर्षाले काठमाण्डौका नदी तटीय क्षेत्र डुबानमा परेपछि मेयर शाहको यो प्रतिक्रिया आएको हो ।

प्रकाशित मिति: ०९:१३ बजे, बिहीबार, साउन १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्