Kathmandu Press

पाँचवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद सचिवालयका अनुसार अर्थ समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची छ।
पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, साउन १७ : पाँचवटा संसदीय समितिको बैठक बिहीबार बस्दैछ। प्रतिनिधि सभातर्फका तीन र राष्ट्रिय सभातर्फका दुइवटा समितिको बैठक बिहीबार बस्ने तय भएको हो।

संघीय संसद सचिवालयका अनुसार अर्थ समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची छ।

Hardik ivf

बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य  र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संसोधन प्रस्तावकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ।

बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्राविधिक शिक्षालय सञ्चालनका लागि सम्बन्धन स्विकृती सम्बन्धमा परेका उजुरी निवेदनका विषयमा सम्बन्धित मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक  शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) सँग छलफल गर्ने कार्यसूची छ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य रहेको सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्न सम्बन्धममा छलफल हुने कार्यसूची छ। सुशासन समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ।

बिहान ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय सभामा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसँग संकल्प प्रस्ताव सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।  

प्रकाशित मिति: ०८:३५ बजे, बिहीबार, साउन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्