Kathmandu Press

देशभर २२ जनामा हैजा पुष्टी, सजग रहन स्वास्थ्य मन्त्रालयको आग्रह

केही साता यता हैजाका बिरामी बढेसँगैस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै हैजा अति संक्रामक तथा शिघ्र फैलने भएकाले सबैलाई सजग रहन आग्रह गरेको छ।
देशभर २२ जनामा हैजा पुष्टी, सजग रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, साउन १६ : देशभरमा २२ जनामा हैजा पुष्टी भएको छ।

केही साता यता हैजाका बिरामी बढेसँगैस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै हैजा अति संक्रामक तथा शिघ्र फैलने भएकाले सबैलाई सजग रहन आग्रह गरेको छ।

मन्त्रालयले जुनसुकै स्रोतको पानी भए पनि उमालेर पिउन भनेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा काठमाडौं उपत्यकामा ललितपुरको गोदावरी तथा इमाडोल क्षेत्रमा मात्र १४ जनामा हैजा पुष्टि भएको जनाइएको छ।

यसका साथै काठमाडौंको टोखामा पनि हैजा संक्रमित भेटिएका छन्।

प्रकाशित मिति: १९:३७ बजे, बुधबार, साउन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्