‘लोकतन्त्रका लागि मिडियाले गरेको योगदान सबैभन्दा ठूलो छ’
‘संघीय लोकतन्त्र स्थापनामा सबै नेपालीको योगदान छ, सबै सूचना प्रविधिहरुको हात छ, तर विशेष रुपमा भन्नुपर्दा मिडियाले त्यो लोकतन्त्र आन्दोलनमा गरेको योगदानले गर्दा सरकार र मिडिया एकअर्काका परिपुरक जस्तै हुन्,’ अर्थमन्त्री पौडेलले भने।(18)-1722433609.jpg)
काठमाडौं, साउन १६ : अर्थमन्त्री विष्णु पौडेलले संघीय लोकतान्त्रिक पद्धति प्राप्तीको लागि मिडियाले प्रमुख भूमिका खेलेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले लोकतन्त्रका लागि मिडियाले गरेको योगदान सबै भन्दा ठूलो रहेको बताएका हुन्।
‘संघीय लोकतन्त्र स्थापनामा सबै नेपालीको योगदान छ, सबै सूचना प्रविधिहरुको हात छ, तर विशेष रुपमा भन्नुपर्दा मिडियाले त्यो लोकतन्त्र आन्दोलनमा गरेको योगदानले गर्दा सरकार र मिडिया एकअर्काका परिपुरक जस्तै हुन्,’ अर्थमन्त्री पौडेलले भने।
उनले मिडियाको महत्वलाई कमजोर बनाए लोकतन्त्र पनि कमजोर हुने भन्दै मिडियाको महत्व सरकारले बुझेको बताए।
प्रकाशित मिति: १९:३२ बजे, बुधबार, साउन १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












