‘नेपालको इतिहासमा अमरसिंहको बेग्लै पहिचान छ’
‘नेपालको एकीकरणमा उहाँले खेल्नुभएको भूमिका निकै महत्त्वपूर्ण छ। राष्ट्रिय विभूति थापाको योगदान जोडिएको इतिहास अझै अपुरो छ,’ मन्त्री राईले भने, ‘मुलुकको सीमा सुरक्षाका क्रममा आफूलाई केही असजिलोको धक्का महसुस गर्दासमेत ज्यान दिन तयार हुनुहुन्थ्यो।’
काठमाडौं, साउन १६ : रक्षामन्त्री मानवीर राईले राष्ट्रिय विभूति अमरसिंह थापाको नेपालको इतिहासमा बेग्लै पहिचान रहेको बताएका छन्।
‘राष्ट्रिय विभूति वीर अमरसिंह थापाको २०८औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले थापासहित राष्ट्र र राष्ट्रियताका लागि योगदान पुर्याउने सबै वीरवीरगंगानाप्रति नेपाल सरकारको उत्तिकै सम्मान रहेको स्पष्ट पारे।
‘नेपालको एकीकरणमा उहाँले खेल्नुभएको भूमिका निकै महत्त्वपूर्ण छ। राष्ट्रिय विभूति थापाको योगदान जोडिएको इतिहास अझै अपुरो छ,’ मन्त्री राईले भने, ‘मुलुकको सीमा सुरक्षाका क्रममा आफूलाई केही असजिलोको धक्का महसुस गर्दासमेत ज्यान दिन तयार हुनुहुन्थ्यो।’
उनले आज राष्ट्र र राष्ट्रियताको सवालभन्दा व्यक्तिगत इच्छा र चाहानामा समाज हिँडिरहेको अवस्थामा इतिहासमा त्यस्ता योगदान दिने व्यक्तिको खोजी गर्नुपर्ने आवश्यकता रहेको बताए।
कार्यक्रममा इतिहासविद् राजाराम सुवेदी, धनबहादुर कुँवर तथा पूर्वसहायकरथी डा. प्रेमसिंह बस्न्यातले राष्ट्रिय विभूति थापाले नेपालको एकीकरण र राष्ट्रियता प्रवर्द्धनमा खेलेको भूमिकाको चर्चा गरे।