Kathmandu Press

टर्च बालेर विपक्षी दलद्वारा सुदूरपश्चिम सरकारको खोजी

संसद छल्ने सरकारको योजनामा विरोध जनाउँदै धनगढीस्थित प्रदेश सभा भवनको मूल प्रवेश द्वारमा नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्तिका सांसदले टर्च बालेर सरकारको खोजी गरेका हुन्।
टर्च बालेर विपक्षी दलद्वारा सुदूरपश्चिम सरकारको खोजी

कैलाली, साउन १४ : सुदूरपश्चिम प्रदेश सरकार संसदमा उपस्थित नभएपछि विपक्षी दलका सांसदहरुले सोमबार टर्च बालेर खोजी गरेका छन्।

संसद छल्ने सरकारको योजनामा विरोध जनाउँदै धनगढीस्थित प्रदेश सभा भवनको मूल प्रवेश द्वारमा नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्तिका सांसदले टर्च बालेर सरकारको खोजी गरेका हुन्।

सरकार उपस्थित नभएपछि सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको बैठक स्थगित भएको छ । बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको थियो।

अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको हो। सरकारमा अल्पमतमा रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले संसद छल्दै आएको छ । संसद छलेर गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको विरोधमा प्रतिकात्मक स्वरुप टर्च बालेर सरकार खोजी गरिएको हो।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रम धामी, एमाले दल नेता रावल र नाउपाका रामेश्वर चौधरी नेतृत्वमा टर्च बालेर विरोध प्रदर्शन गरिएको थियो।

प्रकाशित मिति: १७:२५ बजे, सोमबार, साउन १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्