सुनको मूल्य बढ्यो
आइतबार प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ४ सय रुपैयाँले घटेर १ लाख ४६ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ।
काठमाडौं, साउन १४ : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रूपैयाँले बढेको हो।
आइतबार प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ४ सय रुपैयाँले घटेर १ लाख ४६ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ।
आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ४ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोवार भएको चाँदी आज १० रूपैयाँले बढेर १ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:४४ बजे, सोमबार, साउन १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
