Kathmandu Press

मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिने

मुख्यमन्त्रीमा साउन १५ गते विश्वासको मत लिने गरी लामाले आइतबार प्रदेशसभा सचिवालय हेटौंडामा पत्र दर्ता गराएका छन्।
मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिने

काठमाडौं, साउन १३ : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ गते मंगलबार विश्वासको मत लिने भएका छन्।

लामा एमाले कांग्रेस गठबन्धनबाट वागमती प्रदेश सरकारको नेतृत्व लिएका थिए। मुख्यमन्त्रीमा साउन १५ गते विश्वासको मत लिने गरी लामाले आइतबार प्रदेशसभा सचिवालय हेटौंडामा पत्र दर्ता गराएका छन्।

Hardik ivf

उनी गत साउन ८ गत मुख्यमन्त्रीमा नियुक्त भएका थिए । लामाले पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिएका हुन्। बागमती प्रदेशमा एमालेका ६ र कांग्रेसका ६ जनालाई मन्त्री नियुक्त भइसकेका छन्।

विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले साउन १५ गते दिउँसो ३ बजेका लागि संसद बैठक आह्वान गरेका छन्।

संविधानतः ३० दिन भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुरुप मंगलबारका लागि तयारी गरिएको हो । कांग्रेस सांसद लामालाई मुख्यमन्त्रीका लागि एमालेका २७ र कांग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन रहेको छ।

प्रकाशित मिति: १३:०० बजे, आइतबार, साउन १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्