Kathmandu Press

सेयर बजारमा दोस्रो पटक सर्किट ब्रेक

पहिलो सर्किट नेप्से ४ प्रतिशतले बढेपछि र दोस्रो सर्किट ५ प्रतिशले बढेपछि लागेको थियो।
सेयर बजारमा दोस्रो पटक सर्किट ब्रेक

काठमाडौं, साउन १३ : सेयर बजारमा आइतबार दोस्रो सर्किट ब्रेक लागेको छ। आइतबार बजार खुलेको १ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको थियो।

सर्किक ब्रेकपछि २० मिनेट बन्द भएर खुलेको १ मिनेटमै फेरि सर्किट ब्रेक लागेको थियो।

पहिलो सर्किट नेप्से ४ प्रतिशतले बढेपछि र दोस्रो सर्किट ५ प्रतिशले बढेपछि लागेको थियो।

दोस्रो सर्किटसँगै सेयर बजार ४० मिनेटका लागि बन्द भएको छ। दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से १२९ अंक बढेर २६९७ मा कायम भएको छ।

दोस्रो सर्किट ब्रेक लाग्दा बैंकिङ सूचक सबैभन्दा धेरै ८.९ प्रतिशत बढेको छ। विकास बैंक ४, फाइनान्स २।३, होटल तथा पर्यटन १.८, हाइड्रोपावर ३, लगानी ४.८, जीवन बीमा ४.१, उत्पादन ४.३, माइक्रोफाइनान्स २.८, अन्य ३.७ तथा व्यापार समूह ७.२ प्रतिशत बढेको छ।

गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा लिन पाउने कर्जाको २० करोडको सीमा हटाएको छ। त्यसले सेयर बजारमा उत्साह देखिएकोहो।

प्रकाशित मिति: ११:५१ बजे, आइतबार, साउन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्