Kathmandu Press

बागमतीमा कांग्रेसका ४ मन्त्रीले लिए शपथ

मुख्यमन्त्री बहादुरसिंह लामाले सामाजिक विकास मन्त्रालयमा हरि प्रभालाई नियुक्त गरेका छन् भने सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन्।
बागमतीमा कांग्रेसका ४ मन्त्रीले लिए शपथ

काठमाडौं, साउन १२ : बागमती प्रदेशमा कांग्रेसबाट मन्त्री बनेका ४ जनाले पद तथा गोपनियताको शपथ लिएका छन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई शपथ गराएका हुन्।

Hardik ivf

मुख्यमन्त्री बहादुरसिंह लामाले सामाजिक विकास मन्त्रालयमा हरि प्रभालाई नियुक्त गरेका छन् भने सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन्।

मुख्यमन्त्री लामाले कुन्दनराज काफ्ले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएका छन्। उनले यसअघि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका थिए। तर, काफ्लेले आर्थिक मामिला मन्त्रालय माग्दै शपथ कार्यक्रम रोक्न दबाव दिएका थिए।

मुख्यमन्त्री लामाले यसअघि आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका प्रभात तामाङलाई भने मन्त्रीबाटै हटाइएको छ। उनको स्थानमा हरिप्रभालाई मन्त्री बनाइएको हो।

प्रकाशित मिति: ११:५३ बजे, शनिबार, साउन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्