Kathmandu Press

यस्ता छन् मौद्रिक नीतिका ५ रणनीति

शुक्रबार एक कार्यक्रमबीच गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेकाे मौद्रिक नीतिले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न यस्ता रणनीति रहेको छ।
यस्ता छन् मौद्रिक नीतिका ५ रणनीति

काठमाडौं, साउन ११ : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१र०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ।

शुक्रबार एक कार्यक्रमबीच गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन्। मौद्रिक नीतिले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न यस्ता रणनीति रहेको छ।

Hardik ivf

आर्थिक वर्ष २०८१र०८२  को नेपाल सरकारको बजेटमा अनुमान गरिए बमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गरिनेछ । आर्थिक वर्ष २०८१र०८२ को लागि विस्तृत मुद्रा प्रदायको वृद्धिदर १२ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२.५ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ।

मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिनेछ।

कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायमगर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ।

नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अङ्कुशको रूपमा यथावत राखिएको छ।

भारतीय  औषत अन्तर बैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रूपमा यथावत राख्दै स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालनमार्फत यसलाई नीतिगत दरकै हाराहारीमा कायम गरिनेछ।

प्रकाशित मिति: १३:५० बजे, शुक्रबार, साउन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्