Kathmandu Press

वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिइने

‘बजेटमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने छ,’ गभर्नर अधिकारीले भने।
वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिइने

काठमाडौं, साउन ११ : नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेलाई विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो ऋण उपलब्ध गराउने नीति ल्याएका छन्।

शुक्रबार चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण दिइने बताए।

Hardik ivf

‘बजेटमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने छ,’ गभर्नर अधिकारीले भने।

गभर्नर भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव परेको भन्दै उनले चालू वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्यभित्रै रहने प्रक्षेपण गरेको पनि जानकारी गराए।

‘नेपालमा पछिल्लो समय थप मुद्रास्फीति बढ्न थालेको छ। भारतमा खाद्यन्न तरकारी, गेडागुडी र दालजन्य सामग्रीको मूल्य उच्च रहेको र जारी रुस युक्रेन युद्ध तथा मध्यपूर्वको भूराजनीतिक तनाब कायमै रहेको कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा खाद्यन्न मूल्य बढ्न सक्ने जोखिम भने रहेको छ,’ उनले भने ‘नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ बजेट वक्तव्यमा मुद्रास्फीति ५.५ प्रतिशतको सिमाभित्र रहेने अनुमान रहेको छ। जोखिमहरु रहे पनि चालू वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्य भित्रै रहने प्रक्षेपण गरेको छ।’

त्यस्तै उनले बैंकिङ प्रणालीमा अधिक तरलता रहेको कारण निक्षेप र कर्जाको ब्याजदर घट्दो क्रममा रहेको पनि बताए। अघिल्ले वर्षको तुलनामा कूल ग्राहस्त उत्पादनमा सुधार भएको अनुमान गरिएतापनि नेपाल सरकारको खर्च र राजस्व परिचालन लक्ष्य भन्दा न्यून रहेको र बैंक तथा वित्तिय संस्थाको कर्जा विस्तार अनुमान गरिए भन्दा कम रहेको उनले बताए।

प्रकाशित मिति: १३:२७ बजे, शुक्रबार, साउन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुनको भाउ हालसम्मकै उच्च 
सुनको भाउ हालसम्मकै उच्च 
नेप्से परिसूचकमा सामान्य वृद्धि
नेप्से परिसूचकमा सामान्य वृद्धि