Kathmandu Press

मौद्रिक नीति सार्वजनिक [पूर्णपाठ]

माैद्रिक नीतिले आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फिति ५.५ प्रतिशत सीमाभित्र रहने प्रक्षेपण नेपाल राष्ट्र बैंकले गरेको छ।
मौद्रिक नीति सार्वजनिक [पूर्णपाठ]

काठमाडौं, साउन ११ : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/२०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार एक कार्यक्रमबीच गभर्नर महाप्रसाद अधिकारीले माैद्रिक नीति सार्वजनिक गरेका हुन्।

माैद्रिक नीतिले आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फिति ५.५ प्रतिशत सीमाभित्र रहने प्रक्षेपण नेपाल राष्ट्र बैंकले गरेको छ।

नीतिगत दरलाई ५.५ प्रतिशत विन्दुबाट ५ प्रतिशत कायम गरेको छ भने बैंकदर ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम गरिएको छ।

ब्याजदरको कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई यथाव राखिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत संस्थाहरुका लागि सेयर धितो कर्जाको सीमा हटाएको हो।

प्रकाशित मिति: १३:०८ बजे, शुक्रबार, साउन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्