मौद्रिक नीति : नीतिगत दर र बैंकदर घटाइयो
नीतिगत दरलाई ५.५ प्रतिशत विन्दुबाट ५ प्रतिशत कायम गरेको छ भने बैंकदर ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम गरिएको छ।
काठमाडौं, साउन ११ : नेपाल राष्ट्र बैंकले नीतिगत र बैंक दर घटाएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत र बैंक दर घटाएको हो।
नीतिगत दरलाई ५.५ प्रतिशत विन्दुबाट ५ प्रतिशत कायम गरेको छ भने बैंकदर ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम गरिएको छ।
ब्याजदरको कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई यथाव राखिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत संस्थाहरुका लागि सेयर धितो कर्जाको सीमा हटाएको हो।
यद्यपि व्यक्तिगत कर्जाको सीमाका सम्बन्धमा भने कुनै नयाँ व्यवस्था गरिएको छैन। हाल व्यक्तिका हकमा सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँ छ।
प्रकाशित मिति: १३:०५ बजे, शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
