मुद्रास्फिति ५.५ प्रतिशत सीमाभित्र रहने प्रक्षेपण
शुक्रबार आर्थिक वर्ष २०८/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले मुद्रास्फिति सीमा सोभित्र रहने प्रक्षेपण रहेको बताए।
काठमाडौं, साउन ११ : आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फिति ५.५ प्रतिशत सीमाभित्र रहने प्रक्षेपण नेपाल राष्ट्र बैंकले गरेको छ।
शुक्रबार आर्थिक वर्ष २०८/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले मुद्रास्फिति सीमा सोभित्र रहने प्रक्षेपण रहेको बताए।
‘आर्थिक वर्ष २०८१र८२ को बजेट वक्तव्यमा मुद्रास्फिति ५.५ प्रतिशतको सीमाभित्र रहने अनुमान गरेको छ,’ उनले भने, ‘यसमा केही जोखिम रहे पनि मुद्रास्फितिको कारकहरूलाई नजर राख्दा उक्त सीमाभित्र रहने प्रक्षेपण गरिएको छ।’
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति निक्षेप संकलन दर ३ प्रतिशतमा यथावत राखिएको छ भने विस्तृत मुद्राप्रदाय १२ प्रतिशत हासिल हुने लक्ष्य लिइएको छ । सिआरआर तथा एसएलआरलाई यथावत राखिएको छ।
प्रकाशित मिति: १२:५७ बजे, शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
