Kathmandu Press

प्रतितोला तीन सय घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला लाख ४५ हजारमा कारोबार भएकामा आजका लागि एक लाख ४४ हजार सात सय रुपैयाँ निर्धारण भएको छ।
प्रतितोला तीन सय घट्यो सुनको मूल्य

काठमाडौं, साउन ११ : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला लाख ४५ हजारमा कारोबार भएकामा आजका लागि एक लाख ४४ हजार सात सय रुपैयाँ निर्धारण भएको छ।

तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ४४ हजार तीन सयमा कारोबार भएकामा आज एक लाख ४४ हजार रुपैयाँ निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा २० घटेको छ। बिहीबार प्रतितोला एक हजार सात सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय रुपैयाँ निर्धारण भएको छ।

प्रकाशित मिति: ११:४८ बजे, शुक्रबार, साउन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्