नेपाल सहकारी वित्तीय संस्था पनि समस्याग्रस्त घोषणा
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले काठमाडौँ महानगरपालिका–१० स्थित बानेश्वरमा रहेको नेपाल सहकारी वित्तीय संस्था लिमिडेटलाई समस्याग्रस्त घोषणा गरेको जानकारी प्रेश विज्ञप्तिमार्फत दिएको हो।काठमाडौं, साउन १० : सरकारले नेपाल सहकारी वित्तीय संस्था लिमिडेटलाई पनि समस्याग्रस्त घोषणा गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले काठमाडौँ महानगरपालिका–१० स्थित बानेश्वरमा रहेको नेपाल सहकारी वित्तीय संस्था लिमिडेटलाई समस्याग्रस्त घोषणा गरेको जानकारी प्रेश विज्ञप्तिमार्फत दिएको हो।
बिहीबार जारी विज्ञप्तिमा सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने उक्त सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यताको विपरित कार्य गरी बचतकर्ताको रकम फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयले जनाएको छ।
सहकारी ऐन, २०७४ अनुसार नेपाल सहकारी वित्तीय संस्था लिमिडेटलाई समस्याग्रस्त घोषणा गरिएको छ । उक्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न कानुनन बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको जनाइएको छ।