बागमतीमा मन्त्रिपरिषद् विस्तार
बिहिवार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफ्नै दल नेपाली कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गरेका हुन्।
मकवानपुर, साउन १० : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। बिहीबार उनले आफ्नै दल नेपाली कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गरेका हुन्।
उनले प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना, सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुद र बिमल ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन्।
कांग्रेसबाट बुधबार मन्त्री नियुक्त भएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
१४ सदस्यीय मन्त्रिपरिषद्मा एमालेबाट प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन्।











-1764760320.jpg)