नेप्से ३२ अंकले बढ्यो
नेप्सेका अनुसार १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ। बुधबारको तुलनामा दुई अर्ब सात करोडले कारोबार घटेको हो।
काठमाडौं, साउन १० : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ अंकले बढेको छ। बिहीबार नेप्स १.२६ प्रतिशत बढेर २५६८.११ अंक पुगेको छ।
नेप्सेका अनुसार १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ। बुधबारको तुलनामा दुई अर्ब सात करोडले कारोबार घटेको हो।
बिहीबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९६ कम्पनीको सेयर मूल्य घट्दा तीन कम्पनीको भने स्थिर रहेको छ। साताको अन्तिम कारोबार दिन ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर किनबेच भएको छ।
उपकार लघुवित्त वित्तीय संस्था सेयर मूल्य दश प्रतिशतले बढेको छ भने मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ७.६५ अंकले घटेको छ।
चार उपसमूह तर्फको समूहगत परिसूचक घटेको छ भने, बाँकी ९ वटाको परिसूचक बढेको छ।
प्रकाशित मिति: १५:४८ बजे, बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
