Kathmandu Press

ग्लोबल आईएमईलाई ‘युरो मनी अवार्ड एक्सलेन्स’ अवार्ड

यसअघि पनि बैंकले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ बेस्ट बैंक नेपाल’ प्राप्त गरिसकेको छ। सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो।
ग्लोबल आईएमईलाई ‘युरो मनी अवार्ड एक्सलेन्स’ अवार्ड

काठमाडाैं, साउन ९ : ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक इएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ ।

यो वर्षको अवार्डसँगै ग्लोबल दोस्रोपटक बेस्ट बैंक नेपाल अवार्डबाट सम्मानित भएको हो। यसअघि पनि बैंकले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ बेस्ट बैंक नेपाल’ प्राप्त गरिसकेको छ।

सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो।

यसै वर्ष बैंकलाई ग्लोबल फाइनान्सले पनि उत्कृष्ट बैंक अवार्डबाट सम्मानित गरेको थियो। युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ लगायतका अन्य विभिन्न अवार्डहरूले ग्लोबल आइएमई बैंकलाई भविष्यमा अझ उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न उत्प्रेरित गर्ने बैंकले जनाएकाे छ।

प्रकाशित मिति: १३:१७ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्