बागमतीका मुख्यमन्त्री लामाले लिए शपथ, १० सदस्यीय मन्त्रिपरिषद् विस्तार
प्रदेश प्रमुख यादवचन्द्र शर्माले एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री लामालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।मकवानपुर, साउन ९ : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले शपथ लिएका छन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री लामालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
सपथ लिएसँगै मुख्यमन्त्री लामाले १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन्।
एमालेका प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी, किशोर सिलवाल वन तथा वातावरण, किरण थापा स्वास्थ्य, अमन मास्के भौतिक योजना तथा पूर्वाधार, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासन, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायात मन्त्री बनेका छन्।
यस्तै, कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधु श्रेष्ठलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ।
सबै मन्त्रीहरुले पनि पद तथा गोपनियताको शपथ लिइसकेका छन्।
प्रकाशित मिति: १२:५७ बजे, बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काभ्रेमा अझै संकलन हुन सकेन बाढीपहिरोको क्षतिको पूर्ण विवरणमंगलबार, कात्तिक १३, २०८१
द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छः मुख्यमन्त्री आचार्यसोमबार, कात्तिक १२, २०८१
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्योआइतबार, कात्तिक ११, २०८१
काभ्रेमा जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउआइतबार, कात्तिक ११, २०८१