सुनको मूल्य ११ सय रुपैयाँ बढ्यो
मंगलबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ११ सय रूपैयाँले बढेर १ लाख ४७ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ।
काठमाडौं, साउन ९ : नेपाली बजारमा (आज) बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ११ सय रूपैयाँले बढेको छ।
मंगलबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ११ सय रूपैयाँले बढेर १ लाख ४७ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ।
आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ७ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज १५ रूपैयाँले बढेर १ हजार ८ सय ५ रूपैयाँमा कारोवार भइरहेको छ।
प्रकाशित मिति: १२:४८ बजे, बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
