Kathmandu Press

एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दिए राजीनामा

‘राजीनामा स्वीकृत भएको जानकारी अहिलेसम्म आएको छैन,’ उनले भने, ‘विधि र प्रक्रिया मिचिएपछि जिम्मेवारी अनुसारको पदमा बस्न उचित नलागेर राजीनामाको निर्णय गरेको हुँ।’
एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दिए राजीनामा

काठमाडौं, साउन ९ : एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले राजीनामा दिएका छन्।

मुख्यमन्त्री चेतनारायाण आचार्यले सपथलिएपछि गिरीले राजीनामा दिएको सार्वजनिक गरेका हुन्। गिरीले मंगलबार नै पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा पठाएका थिए।

Hardik ivf

संसदीय दलको नेता हुँदा हुँदै पार्टी नेतृत्वले उपनेतालाई मुख्यमन्त्री बनाएपछि उनी नेतृत्वसँग रुष्ट थिए। विधि र प्रक्रिया मिचिएपछि आफूले राजीनामा दिएको उनले बताएका छन्।

‘राजीनामा स्वीकृत भएको जानकारी अहिलेसम्म आएको छैन,’ उनले भने, ‘विधि र प्रक्रिया मिचिएपछि जिम्मेवारी अनुसारको पदमा बस्न उचित नलागेर राजीनामाको निर्णय गरेको हुँ।’

मुख्यमन्त्री नियुक्ति संसदीय विधि, पद्दतिभन्दा बाहिर गएर निर्णय भएको बताएका छन्।

मुख्यमन्त्री नियुक्तिबारे पार्टीको कुनै कमिटी बैठकबाट निर्णय नगरी सिधै केन्द्रीय निर्देशन आएको भन्दै एमालेमा असन्तुष्टि देखिएको छ।

महासचिव शंकर पोखरेलको जोडबलमा उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेपछि गिरी रुष्ट छन्।

प्रकाशित मिति: ११:४८ बजे, बुधबार, साउन ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्