Kathmandu Press

लुम्बिनीमा मुख्यमन्त्रीसहित आठ मन्त्रीको शपथ

बुधबार बिहान एक कार्यक्रमबीच उनाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ अनुसार पद तथा गोपनियताको शपथ गराए।
लुम्बिनीमा मुख्यमन्त्रीसहित आठ मन्त्रीको शपथ

दाङ, साउन ९ : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार बिहान एक कार्यक्रमबीच उनाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ अनुसार पद तथा गोपनियताको शपथ गराए।

Hardik ivf

प्रदेश प्रमुख शेरचनले उनलाई सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। आचार्य कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

शपथ लगत्तै मुख्मयन्त्री आचार्यले ९ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। आचार्यको मन्त्रिपरिषदमा एमालेका ४ र कांग्रेसका ४ जना मन्त्री बनेका छन्।

एमालेबाट भुमिश्वर ढकाल, दिनेश पन्थी, सीता शर्मा, खेमबहादुर सारु र कांग्रेसबाट का सरोज थापा, धनेन्द्र कार्की, बादशाह कुर्मी र प्रचण्डविक्रम न्यौपाने मन्त्री बनेका छन्। उनीहरूलाई जिम्मेवारी भने दिइएको छैन।

आठै जना मन्त्रीले आजै प्रदेश प्रमुख शेरचनबाट पद तथा गोपनियताको शपथ लिइसकेका छन्।

 

प्रकाशित मिति: ११:२७ बजे, बुधबार, साउन ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्