‘विद्युत बक्यौताको विषयमा माओवादी अनावश्यक प्रचार गर्यो’
मंगलबारको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद गिरीले ऊर्जा मन्त्रालयको नेतृत्व निरन्तर आफूले गर्दा समेत विवादको समाधान गर्न नसकेको बताए।
काठमाडौं, साउन ८ : एमाले सांसद पदम गिरीले डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौताको विषयमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले अनावश्यक प्रचार गरेको बताएका छन्।
मंगलबारको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद गिरीले ऊर्जा मन्त्रालयको नेतृत्व निरन्तर आफूले गर्दा समेत विवादको समाधान गर्न नसकेको बताए।
‘कुनै उद्योगी व्यवसायीसँग हाम्रो कुनै व्यक्तिगत लेनदेन होइन। तर राज्यले निर्णय लिँदा विधिभित्र टेकेर लिनुपर्छ कि पर्दैन। कानूनको जगमा उभिएर गर्नुपर्छ कि पर्दैन भन्ने हो,’ उनले भने, ‘सामान्य मान्छेले विद्युतको महसुल तिरेन भने अर्को महिनामा जरिवाना तिर्नुपर्छ। तर, आज विद्युत प्राधिकरणले वर्षौँसम्म डेडिकेटेड र ट्रंकलाइनको नाममा उहाँहरूले विद्युत उपभोग गरेको हो भनेदेखि उहाँहरूसँग किन समयमा शुल्क नतिराएको छ।’
माओवादीले यो विषयलाई लिएर प्रधानमन्त्रीको विरुद्ध भ्रम छरेको दाबी गर्देै उनले लाल आयोगको प्रतिवेदनले भनेअनुसार आफूहरू महसुल तिर्न तयार रहेको उद्योग व्यवसायीले भनिरहेको बताए।












