Kathmandu Press

पूर्वमन्त्री महतोको अभिव्यक्तिमा सभामुखको रुलिङको माग

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सभामुख देवराज घिमिरेसँग रुलिङको माग गरेका हुन्।
पूर्वमन्त्री महतोको अभिव्यक्तिमा सभामुखको रुलिङको माग

काठमाडौं, साउन ८ : नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको भन्ने अभिव्यक्तिमा रुलिङको माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सभामुख देवराज घिमिरेसँग रुलिङको माग गरेका हुन्।

‘यही साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिदै गर्दा एक नाम पूर्व मन्त्री तथा सांसद महतोले आफूले ५ हजार रुपैयाँ घूसमा आफ्नो छोराको काम भयो भन्ने अभिव्यक्ति राख्नुभएको थियो,’ उनले भने, ‘गृहमन्त्री र प्रधानमन्त्रीउपर रुलिङ गर्नका लागि र आगामी तीन दिनभित्र जानकारी गराउन अनुरोध गर्दछु।’

उनले एउटा पूर्वमन्त्री तथा सांसदले पनि घुस दिनुपर्ने अवस्था भए आमनागरिकको अवस्था के होला भन्ने चर्चा रहेको भन्दै यत्रो कान्ड आउँदा सदन चुप लागेर बस्न नहुने बताए।

प्रकाशित मिति: १४:०३ बजे, मंगलबार, साउन ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्