Kathmandu Press

शान्ति सुरक्षाको जिम्मेवारी पाएका प्रहरी आधारभुत सुविधाबाटै बञ्चित

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार प्रहरीका कुल दुई हजार ६ सय ६० कार्यालयमध्ये आठ सय दुई कार्यालयमा शौचालय समेत छैनन्।
शान्ति सुरक्षाको जिम्मेवारी पाएका प्रहरी आधारभुत सुविधाबाटै बञ्चित

काठमाडौं, साउन ८ : मुलुकमा शान्ति सुरक्षा कायम प्रहरी कर्मचारी आधारभुत सुविधाबाट बञ्चित भएको तथ्य सार्वजनिक भएको छ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार प्रहरीका कुल दुई हजार ६ सय ६० कार्यालयमध्ये आठ सय दुई कार्यालयमा शौचालय समेत छैनन्।

नेपाल प्रहरीका चार सय २१ वटा कार्यालय अन्य निकायको भवनमा आश्रय लिएर चलेका छन्। आठ सय ४३ कार्यालयको ब्यारेक र आठ सय ३३ कार्यालयमा मेस पनि छैन।

प्रहरी प्रधान कार्यालयका अनसार प्रहरीका मुलुकभर दुई हजार ६ सय ६० वटा कार्यालय छन्। तर एक हजार आठ सय ६९ कार्यालयको मात्र आफ्नो भवन छ।

तीन सय ७० वटा प्हरी कार्यालय भाडाका घरमा सञ्चालित छन्। आधारभुत सुविधा नहुँदा शान्ति सुरक्षाको काम समेत प्रावित हुने गरेको छ।

प्रकाशित मिति: १३:५८ बजे, मंगलबार, साउन ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्