Kathmandu Press

प्रभाववकारी ढङ्गले मौसमसम्बन्धी सूचना प्रवाह गर्न मन्त्री खड्काको निर्देशन

‘जलवायु परिवर्तनका कारण हिमाल, पहाड र तराई आ–आफ्ना समस्या छन्, यसको अध्ययन गरेर व्यवहारिक रुपमा जनजीवनमा असर नपर्ने गरी विभाग क्रियाशील हुनुपर्छ,’ मन्त्री खड्काले भने।
प्रभाववकारी ढङ्गले मौसमसम्बन्धी सूचना प्रवाह गर्न मन्त्री खड्काको निर्देशन

काठमाडौं, साउन ८ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको जीवन सुरक्षित हुनेगरी प्रभावकारी ढंगले मौसमका सूचना प्रवाह गर्नुपर्ने बताएका छन्।

जल तथा मौसम विज्ञान विभागको निरीक्षणपछि उनले जनताको जिउधनको सुरक्षालाई प्राथमिकतामा राखेर विभागले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।

Hardik ivf

‘जलवायु परिवर्तनका कारण हिमाल, पहाड र तराई आ–आफ्ना समस्या छन्, यसको अध्ययन गरेर व्यवहारिक रुपमा जनजीवनमा असर नपर्ने गरी विभाग क्रियाशील हुनुपर्छ,’ मन्त्री खड्काले भने।

उनले विकास निर्माणसँगसँगै जलवायु परिवर्तन र यसका असर न्यूनीकरणलाईसमेत ध्यानमा राखी जल तथा मौसम पूर्वानुमानलाई समयसापेक्षित रुपमा परिमार्जित गर्दै अगाडि लैजानुपर्ने उल्लेख गरे।

विकास निर्माणको कामलाई असर नपर्ने गरी विभागले खोज र अनुसन्धानलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो। मन्त्री खड्काले कर्मचारीको मूल्यांकन कार्यसम्पादनको आधारमा हुने भएकाले कर्मचारीलाई निर्भीक भएर काम गर्न निर्देशन दिए।।

मन्त्ती खड्काले विभागका समस्या समाधानका लागि मन्त्रालय गम्भीर रहेको बताए।

प्रकाशित मिति: १३:५३ बजे, मंगलबार, साउन ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्