Kathmandu Press

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामाको दाबी पेस

मंगलबार सत्ता साझेदार दल नेकपा एमालेका नेता जग्गनाथ थपलिया तथा सांसदहरुसहित हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर लामाले दाबी पेस गरेका हुन्।
बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामाको दाबी पेस

मकवानपुर, साउन ८ : बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले दाबी पेस गरेका छन् ।

मंगलबार सत्ता साझेदार दल नेकपा एमालेका नेता जग्गनाथ थपलिया तथा सांसदहरुसहित हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर लामाले दाबी पेस गरेका हुन्।

Hardik ivf

मुख्यमन्त्रीमा दाबी पेश गर्दै उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई ६४ सांसदको हस्ताक्षर बुझाएका छन्। ११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसद चाहिन्छ।

प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेसम्मको दिएर आइतबार नयाँ सरकार गठनका लागि आव्हान गरेका थिए।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो।

 

प्रकाशित मिति: १३:२५ बजे, मंगलबार, साउन ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्