बागमतीका लागि एमालेले टुंग्यायो मन्त्रीको नाम
मन्त्री हुने ६ जनामा प्रकाश श्रेष्ठ–काठमाडौँ, प्रेम भक्त महर्जन–ललितपुर, अमन मास्के–काठमाडौँ, कृष्ण सिलवाल–चितवन, सुकमाया तामाङ–सिन्धुली र किरण थापा मगर–भक्तपुर छन्।
काठमाडौं, साउन ८ : नेकपा एमालेले बागमती प्रदेशमा आफ्नो तर्फबाट सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएको छ।
यद्यपि मन्त्रालय तोक्न भने बाँकी छ। मन्त्री हुने ६ जनामा प्रकाश श्रेष्ठ–काठमाडौँ, प्रेम भक्त महर्जन–ललितपुर, अमन मास्के–काठमाडौँ, कृष्ण सिलवाल–चितवन, सुकमाया तामाङ–सिन्धुली र किरण थापा मगर–भक्तपुर छन्।
मन्त्री हुने ६ जनामध्ये श्रेष्ठ बाहेक अरु ५ जना नयाँ अनुहार छन्।
बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले आज दाबी पेस गर्ने कार्यक्रम छ।
मुख्यमन्त्रीको नियुक्ति पनि मंगलबार साँझ हुने जनाइएको छ।
प्रकाशित मिति: १३:११ बजे, मंगलबार, साउन ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












