वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने
यस अघि गृहमन्त्रालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न अनिवार्य गरेको निर्णय बदल्दै तत्कालका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको जनाएको छ।
काठमाडौं, साउन ८ : सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागी अव राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ।
यस अघि गृहमन्त्रालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न अनिवार्य गरेको निर्णय बदल्दै तत्कालका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको जनाएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गतको सामाजिक सुरक्षा शाखाले ७ सय ५३ वटा स्थानीय तहलाई पत्र लेख्दै यसबारेमा जानकारी गराएको हो ।

गत जेठ २४ मा सरकारले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरिएकोमा असार २७ गतेको मन्त्रिपषिद्को बैठकले सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीलाई राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्ने निर्णय गरेको थियो।
प्रकाशित मिति: १२:२२ बजे, मंगलबार, साउन ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार