कालीगण्डकी करिडोर अवरुद्ध
बागलुङ नगरपालिका–१० को दब्ल्याङको एक्लेसालमा पहिरोले करिडोर बगाएपछी मंगलबार बिहानै देखि सवारी ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ्गका प्रमुख सुमन निउरेले जानकारी दिए।
बागलुङ, साउन ८ : सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।
बागलुङ नगरपालिका–१० को दब्ल्याङको एक्लेसालमा पहिरोले करिडोर बगाएपछी मंगलबार बिहानै देखि सवारी ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ्गका प्रमुख सुमन निउरेले जानकारी दिए।
सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात विच्छेद भएको छ । प्रमुख निउरेले भने–‘हिजो साँझदेखि ठूलो वर्षा भइरहेको हुँदा पहिराले सडक छेउबाट भासिएको छ, पहिले पनि यही ठाउँमा सडक भासिदा लामो समय अवरुद्ध भएको थियो, अहिले पनि सोही ठाउँमा सडक बगाएको छ, अहिले वर्षा भइरहेको हुँदा खुलाउने सम्भावना छैन, वर्षा रोकियो भने बल्ल खुलाउने प्रयास गर्ने छौं।’
पहिरोले मालढुंगा कुश्मीसेरा सडकको दुईवटा घुम्तीमा क्षति पुगेपछि असारको तेस्रो सातादेखिनै यातायात ठप्पै भएको छ। सडक अवरुद्ध भएपछि दक्षिण बागलुङ देखीे सदरमुकामको आवतजावतमा सयौं यात्रीले सास्ती खेप्नु परेको छ।