सुनचाँदीको मूल्य स्थिर
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।
काठमाडौं, साउन ८ : नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार तोलामा १ हजार ७ सय ९० रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।
प्रकाशित मिति: ११:५१ बजे, मंगलबार, साउन ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
