Kathmandu Press

रोजगारीका लागि नेपाल आउनेमा चिनियाँँ नागरिक सबैभन्दा बढी

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा रोजगारी खोज्दै नेपाल आउने विदेशी श्रमिकको संख्या भने घटेको छ। श्रमस्वीकृति लिने विदेशीको संख्या गत वर्ष भन्दा १० प्रतिशतले घटेको विभागको तथ्यांकमा उल्लेख छ।
रोजगारीका लागि नेपाल आउनेमा चिनियाँँ नागरिक सबैभन्दा बढी

काठमाडौं, साउन ८ : नेपालमा रोजगारीका लागि सबैभन्दा बढी श्रमस्वीकृति लिनेमा चिनियाँँ नागरिक रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ।

विदेशमा काम गर्नका लागि नेपालबाट हरेक दिन औसतमा १५ सय युवायुवती बाहिरिने गरेको तथ्यांक रहेपनि नेपालमा ९६ देशका नागरिकले श्रम स्वीकृति लिएकामा सबैभन्दा बढी चिनियाँँ नागरिक रहेको विभागले जनाएको हो।

नेपालमा सञ्चालन भएका आयोजनाहरुले पाँच प्रतिशतमात्र विदेशी कामदार राख्न सकिने प्रावधान श्रम ऐनमा छ। नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन्।

Hardik ivf

नेपालमा रहेका रोजगारदातामध्ये सबैभन्दा बढी विदेशीलाई काठमाडौं–तराई–मधेश द्रुतमार्गमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रोजगारी दिएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा रोजगारी खोज्दै नेपाल आउने विदेशी श्रमिकको संख्या भने घटेको छ। श्रमस्वीकृति लिने विदेशीको संख्या गत वर्ष भन्दा १० प्रतिशतले घटेको विभागको तथ्यांकमा उल्लेख छ।

सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या अघिल्लो आर्थिक वर्षभन्दा ३ सय ९ जना कम देखिएको तथ्यांकमा उल्लेख छ।  

अघिल्लो आवमा नवीकरण र नयाँ गरी २ हजार नौं सय ९४ विदेशीले श्रमस्वीकृति लिएकोमा गत वर्षको सो अवधिमा नयाँ श्रमस्वीकृति र सोको नवीकरण गर्नेको संख्या २ हजार ६८५ रहेको छ।

यसमध्ये पनि विदेशी महिला कामदारको संख्या ३४९ रहेको तथ्यांकले देखाएको छ। २०७९÷८० मा २ हजार नौ सय ९४ जनाले स्वीकृति लिएको विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।

गत आवमा भने एक हजार २० नयाँ आवेदकलाई श्रमस्वीकृति दिइएको थियो भने एक हजार ६६५ जनाको श्रमस्वीकृति नवीकरण गरिएको थियो।

पोलि चाङ्दा इन्जिनियरिङ कम्पनी, कञ्चनपुर–कमला रोड प्रोजेक्ट, चाइना ओभरसिज इन्जिनियरिङ, साञ्जेन खोला हाइड्रोपावर, हुवासिन नारायणी सिमेन्ट, होङ्सी शिवम् सिमेन्ट, हिमालय एयरलाइन्स, ब्रिटिश स्कुल, लिंकन स्कुल, हुवावे टेक्नोलोजीजस्ता सेवा क्षेत्रमा विदेशी नागरिक कार्यरत छन्।

प्रकाशित मिति: ११:४९ बजे, मंगलबार, साउन ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्