Kathmandu Press

डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस

गृह मन्त्रालय बढुवा समितिकोे सोमबार  बसेको बैठकले डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस
Hardik ivf

काठमाडौँ, साउन ८ : नेपाल प्रहरीका जनपदतर्फका प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिकोे सोमबार  बसेको बैठकले डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवाको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । 

एआइजीमा बढुवाका लागि सिफारिस हुनुभएका जोशी हाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा कार्यरत छन् । 

प्रकाशित मिति: ०८:३१ बजे, मंगलबार, साउन ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्