Kathmandu Press

प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् । 
प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

काठमाडौं, साउन ८ : प्रतिनिधिसभा बैठकमा विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने भएका छन् । बैठकको कार्यसूचीअनुसार सांसदहरूको मौखिक प्रश्नको जवाफ मन्त्रीहरूले दिनेछन् । 

स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् । 

Hardik ivf

बैठकमा सभामुखले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ । 

सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ । 

बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

प्रकाशित मिति: ०८:१६ बजे, मंगलबार, साउन ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्