Kathmandu Press

‘राजनीतिक स्थायित्वका लागि नयाँ सरकार’

प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले देशका दुई ठूला दल दुई कित्तामा बाडिँदा अस्थिरताका शक्तिहरूले खेल्ने मौका पाउने र लोकतन्त्र खतरामा पर्ने जिकीर गरे।
‘राजनीतिक स्थायित्वका लागि नयाँ सरकार’
फाइल तस्बिर।

गुल्मी, साउन ७ : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व र देशको अवस्था परिवर्तनका लागि कांग्रेस–एमाले गठबन्धन सरकार आवश्यक परेको बताएका छन्।

नेता ज्ञवालीले पटक–पटक सरकार परिवर्तनले देशमा अस्थिरता उत्पन्न भएको भन्दै त्यसलाई जोगाउन र मुलुकमा स्थिरता ल्याउनका लागि पनि ठूला दलहरू एक हुनुपरेको बताए।  

Hardik ivf

प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले देशका दुई ठूला दल दुई कित्तामा बाडिँदा अस्थिरताका शक्तिहरूले खेल्ने मौका पाउने र लोकतन्त्र खतरामा पर्ने जिकीर गरे।

लोकतन्त्र खतरामा पर्दा त्यसको अपजस कांग्रेस र एमालेको काँधमा आउने भएका कारण लोकतन्त्रको रक्षा गर्न दुई ठूला दलहरू महत्त्वपूर्ण भूमिका रहने उनले बताए।

वर्तमान सरकार गठन भएसँगै देशले नयाँ कोर्ष लिन सुरु गरेको भन्दै नेता ज्ञवालीले आगामी निर्वाचनसम्म यही गठबन्धन कायम रहने प्रतिबद्धता व्यक्त गरे।

संविधान संशोधनका विषयमा प्रतिपक्षद्वारा उठाइएका कतिपय आरोप गलत र निराधार भएको भन्दै उहाँले यदि संशोधन गर्नुपर्ने भएमा त्यसलाई अध्ययन गरेर मात्र अघि बढ्न सकिने बताए। 

प्रकाशित मिति: २०:३१ बजे, सोमबार, साउन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्