Kathmandu Press

‘अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउँछ’

‘यहाँहरूले राख्नुभएका समस्याहरूमध्ये मौद्रिक नीतिमा छलफल चलिरहेको छ। केही दिनभित्र टुंगोमा पुग्छ,’ उनले भने, ‘सामान्यतया अहिलेको क्राइसिसलाई पनि मौद्रिक नीतिले सम्बोधन गरोस् भन्ने धेरैतिरको अपेक्षा छ।’
‘अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउँछ’
फाइल तस्बिर।

काठमाडौं, साउन ७ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन्।

सोमबार मन्त्रालयमा नेपाल होटल संघ (हान) का पदाधिकारीसँगको भेटघाटमा उनले मौद्रिक नीतिमा छलफल भइरहेको र केही दिनभित्रै मौद्रिक नीति आउने बताए।

Hardik ivf

‘यहाँहरूले राख्नुभएका समस्याहरूमध्ये मौद्रिक नीतिमा छलफल चलिरहेको छ। केही दिनभित्र टुंगोमा पुग्छ,’ उनले भने, ‘सामान्यतया अहिलेको क्राइसिसलाई पनि मौद्रिक नीतिले सम्बोधन गरोस् भन्ने धेरैतिरको अपेक्षा छ।’

सो क्रममा अर्थमन्त्री पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे आवश्यक छलफल गरेर सञ्चालन गर्ने बताए।

होटललाई उद्योगको मान्यता दिनेकुरामा सरकार गम्भीर रहेको पनि उनले बताए। भने, ‘होटललाई उद्योगको मान्यता भनेको त उतिबेलै हामीले निर्णय गरेको हो, प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारको पालामा बजेटमा होटललाई उद्योग क्षेत्रको मान्यता दिने भनेर लिएर आएको हो। नीति निरन्तरताको धेरै ठूलो अर्थ हुन्छ।’

अर्थमन्त्रीसँगको भेटमा हानका अध्यक्ष विनायक साहले ३०–३५ लाख पर्यटकलाई सेवा दिनसक्ने भएपनि बर्सेनि १० लाख भन्दा बढी पर्यटक नआएको भन्दै धेरै भन्दा धेरै पर्यटक आउने वातावरण मिलाउन आग्रह गरे।

 

प्रकाशित मिति: १८:५३ बजे, सोमबार, साउन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्