Kathmandu Press

न्यूरोडको फुटपाथ विस्तार विवाद टुंगियो

सहमतिअनुसार वडा नम्बर २४ को फुटपाथ विस्तार सम्पन्न गरिनेछ भने अरुतिर मंसिरसम्म रोक्ने सहमति भएको छ।
न्यूरोडको फुटपाथ विस्तार विवाद टुंगियो

काठमाडौं, साउन ७ : न्यूरोडको फुटपाथ विस्तारको विवाद टुंगिएको छ।

काठमाडौं महानगरपालिकाका मेयर, उपमेयर, प्रशासकीय प्रमुख र वडाध्यक्षहरूबीच सोमबार दिउँसो वार्तामा सहमति भएको हो।

सहमतिसँगै न्यूरोडको फुटपाथ विस्तारको विवाद अहिलेलाई समाधान भएको छ। यो सहमतिअनुसार वडा नम्बर २४ को फुटपाथ विस्तार सम्पन्न गरिनेछ भने अरुतिर मंसिरसम्म रोक्ने सहमति भएको छ।

बाँकीको कार्यका लागि वस्तुस्थिति अध्ययन गरेपछि आउने निश्कर्षका आधारमा अगाडि बढ्ने भनिएको हो।

अध्ययन समितिको नेतृत्वका लागि सहरी योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारीलाई तोकिएको छ। सहमती अनुसार समितिमा वडा नम्बर २२, २३ र २४ का वडाध्यक्ष सदस्य हुने र विषयविज्ञ पनि सदस्यमा राखिने छ।

प्रकाशित मिति: १८:२१ बजे, सोमबार, साउन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्