Kathmandu Press

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त

दाङ, साउन ७ : लुम्बिनी प्रदेश सभा सदस्य एवं नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई प्रदेश मुख्यमन्त्रीमा नियुक्ति गरिएको छ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

Hardik ivf

आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित दाबी पेश गरेका थिए। ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ।

एमालेबाट संसदीय दलका नेता लीला गिरी भए पनि अन्तिममा आएर आचार्यलाई केन्द्रबाट मुख्यमन्त्री बनाउन निर्देशन भएको थियो।

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि प्रदेशमा सरकार परिवर्तन भइरहेको छ।

कानूनमा स्नातकतह उतीर्ण आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री, एमाले–माओवादी गठबन्धनमा एमाले दल नेता लिला गिरी नेतृत्वको सरकारमा खानेपानी तथा सहरी विकास मन्त्री र माओवादीका जोखबहादुर महरा नेतृत्व सरकारमा आर्थिक मामिला तथा कानून मन्त्री थिए ।

अर्घाखाँची निर्वाचन क्षेत्र १ -क_ बाट निर्वाचित सांसद् हुन्।

 

प्रकाशित मिति: १८:०५ बजे, सोमबार, साउन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्