विधायन व्यवस्थापन समितिमा सांसद श्रेष्ठ मनोनित
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा नियमावलीको नियम १४९ बमोजिम विधायन व्यवस्थापन समितिमा मनोनयन गरेका छन्।काठमाडौं, साउन ७ : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा नियमावलीको नियम १४९ बमोजिम विधायन व्यवस्थापन समितिमा मनोनयन गरेका छन्।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समितिमा सांसद श्रेष्ठको मनोनयनलाई सहमति जनाएका थिए।
बैठकमा अध्यक्ष दाहालले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशशिक सरोकार समयमा सांसदहरुले उठाउनुभएका विषयको राष्ट्रियसभा नियमावली २०७५ मा तोकिएको समयावधिभित्र सभामा आई पूर्वनिर्धारित तालिका अनुसार जवाफ दिन सम्बन्धित मन्त्रीहरुलाई ध्यानाकर्षण गराएका थिए।
‘जवाफका लागि यसअघि तयार गरिएको कार्यतालिका सम्बन्धित मन्त्रालयमा पुनःपत्राचारमार्फत उपलब्ध गराउन सचिवालयलाई निर्देशन दिन्छु,’ उनले भने।
प्रकाशित मिति: १७:५७ बजे, सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज काठमाडौँका यी स्थानमा बिजुली काटिनेमंगलबार, मंसिर ११, २०८१
मंसिर १४ र १५ गते ‘गण्डकी प्रदेश युवा सम्मेलन’ हुँदैं, ३०० वढी युवा भेला हुँदैं मंगलबार, मंसिर ११, २०८१
अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमामंगलबार, मंसिर ११, २०८१
आजको मौसम : तराईका केही स्थानमा हल्का हुस्सुमंगलबार, मंसिर ११, २०८१