Kathmandu Press

वैदेशिक व्यापारमा १.३३ प्रतिशतले कमी

विभागको तथ्यांकअनुसार गत आवमा नेपालले कुल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको थियो।
वैदेशिक व्यापारमा १.३३ प्रतिशतले कमी

काठमाडौं, साउन ७ : भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्ष २०८०÷०८१ मा १.३३ प्रतिशतले घटेको देखाएको छ।

विभागको तथ्यांकअनुसार गत आवमा नेपालले कुल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको थियो।

Hardik ivf

अघिल्लो आवमा १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख ६५ हजार रुपैयाँ बराबर व्यापार भएको थियो। तथ्याङ्कले गत आवमा आयात १.१६ प्रतिशतले र निर्यात ३.०३ प्रतिशतले घटेको देखाएको छ।

गत आवमा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँको आयात भएको थिया । निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबर भएको थियो।

विभागले अघिल्लो आवमा १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँको आयात र १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँको निर्यात भएको जनाएको छ। कुल व्यापारमा निर्यातको हिस्सा १.७२ प्रतिशतले ऋणात्मक छ भने आयातको हिस्सा ०.१७ प्रतिशतले धनात्मक छ।

आयातसमेत घट्दा व्यापारघाटामा ०.९६ प्रतिशत संकुचन देखिएको छ। गत आवमा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपैयाँको व्यापारघाटा थियो।

 

प्रकाशित मिति: १७:४९ बजे, सोमबार, साउन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्