Kathmandu Press

नेपाल एक चीन नीतिमा प्रतिबद्ध : गृहमनत्री लेखक

नेपालका लागि चीनका राजदूत चेन सङसँगको भेटमा मन्त्री लेखकले यस्तो भनाई राखेका हुन्। भेटमा गृहमन्त्री लेखकले नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूको विरुद्धमा प्रयोग हुन नदिन नेपाल सचेत रहेको पनि बताएका थिए।
नेपाल एक चीन नीतिमा प्रतिबद्ध : गृहमनत्री लेखक

काठमाडौं, साउन ७ : गृहमन्त्री रमेश लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन्।

सोमबार सिंहदरबारस्थित गृह मन्त्रालमा नेपालका लागि चीनका राजदूत चेन सङसँगको भेटमा मन्त्री लेखकले यस्तो भनाई राखेका हुन्। भेटमा गृहमन्त्री लेखकले नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूको विरुद्धमा प्रयोग हुन नदिन नेपाल सचेत रहेको पनि बताएका थिए।

Hardik ivf

दुई देशबीच सधै सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास लेखकले व्यक्त गरे। यस्तै, नेपालको पूर्वाधार विकास लगायतका क्षेत्रमा चीन महत्वपूर्ण विकास साझेदार रहेको भनाई पनि गृहमन्त्री लेखकले राखे।

भेटका अवसरमा गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पु¥याएको सहयोगको लागि चीनलाई धन्यवाद समेत दिएका थिए । चीनका राजदूत राजदूत सङले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे।

राजदूत सङले सीमा व्यवस्थापन, सीमापार हुने अपराध नियन्त्रण र दुवै मुलुकका नागरिकको सुरक्षाको लागि नेपाल सरकारसँग समन्वय गर्ने तथा आफ्नो तर्फबाट समेत सहयोग हुने बताएको जनाइएको छ।

सङले अध्यागमन प्रशासनलाई सुदृढ बनाउन चीन सरकारबाट सक्दो सहयोग हुने पनि बताएका थिए।

 

प्रकाशित मिति: १७:१८ बजे, सोमबार, साउन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्