Kathmandu Press

नेप्से सामान्य अंकले बढ्यो

आज ३०९ कम्पनीको तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता शेयर एक लाख ७० हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार चार सय ४० बराबरको कारोबार भएको छ।
नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं, साउन ७ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको सुधार देखिएको छ। आज परिसूचक २.१५ अंकले बढेर दुई २४८८.०९ अंकमा कायम भएको छ।

आज ३०९ कम्पनीको तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता शेयर एक लाख ७० हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार चार सय ४० बराबरको कारोबार भएको छ।

बैंकिङ १.२३, विकास बैंक ०.६३, होटल तथा पर्यटन ०.१, लगानी ०.४७, लघुवित्त ०.५३ र निर्जीवन बीमा समूहको उपसूचक ०.०६ प्रतिशतले घटेको छ।

अरु समूहको उपसूचक बढेको छ। आज वित्त समूह ०.७१, जलविद्युत् १.७४, जीवन बीमा ०.०१, उत्पादन तथा प्रशोधन २.१६, म्युचुअल फन्ड ०.७८, व्यापार १.८६ र अन्य समूहको उपसूचक १.४३ प्रतिशतले बढेको छ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३६ करोड ९३ लाख ४८ हजार सात सय ४१ बराबरको कारोबार भएको छ  कारोबार भएका शेयर संख्याका आधारमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को १५ लाख ५६ हजार नौ सय ९५ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १७:१५ बजे, सोमबार, साउन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्