लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यको दाबी पेश
एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता आचार्यले ५६ सांसदको समर्थनसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।दाङ, साउन ७ : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यले दाबी पेश गरेका छन्।
एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता आचार्यले ५६ सांसदको समर्थनसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
आचार्यलाई एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थन छ। ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ।
एमालेबाट संसदीय दलका नेता लीला गिरी भए पनि अन्तिममा आएर आचार्यलाई केन्द्रबाट मुख्यमन्त्री बनाउन निर्देशन भएको थियो।
केन्द्रको यस्तै निर्णय प्रति संसदीय दलका नेता गिरीले असन्तुष्टी पोखेका छन्। उनले एमाले संसदीय मूल्यमान्यता विपरित गएको प्रतिक्रिया दिएका छन्।
नेकपा माओवादी जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।