Kathmandu Press

पुष्पलाललाई पुष्पकमल भनेपछि सांसद पाण्डेको नियमापत्ति

सांसद साहले भनेका थिए, ‘नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पकमल दाहाल...पुष्पलालजीको ४६ औँ स्मृति दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्न चाहन्छ ।’
पुष्पलाललाई पुष्पकमल भनेपछि सांसद पाण्डेको नियमापत्ति

काठमाडौं, साउन ७ : प्रतिनिधिसभाका सांसद किरणकुमार साहले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतीबारे बोल्दा पुष्पकमल दाहाल भनेपछि नियमापत्ति गरिएको छ।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै साहले पुष्पलाल भन्नुपर्नेमा पुष्पकमल दाहाल भएका थिए।

सांसद साहले भनेका थिए, ‘नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पकमल दाहाल...पुष्पलालजीको ४६ औँ स्मृति दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्न चाहन्छ ।’

नाम उच्चारण गर्दा फरक परेपछि नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डले नियमापत्ति जनाएका थिए।

सांसद पाण्डेले भने, ‘म नियमापत्ति गरिरहेको छु। उहाँले पुष्पकमल दाहाल भन्नुभया । के भन्न खोज्नुभएको हो? वास्तवमा एउटा माननीयले बोल्दा के बोलिरहेको छु भन्ने थाहा दिनुपर्छ भन्ने लाग्छ । म यो बारेमा नियमापत्ति गर्न चाहन्छु । रेकर्डबाट हटाउन ।’

त्यसपछि सभामुख देवराज घिमिरेले बोल्दा बोल्दै माइक काटेका थिए।

प्रकाशित मिति: १४:४० बजे, सोमबार, साउन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्